Nirman Khabar
Header Banner

बजेट अभावले रङ्गशाला निर्माणमा ढिलाइ

निर्माण खबर
निर्माण खबर | सोमबार, १५ मंसिर २०८२
समाचार सेयर गर्नुहोस्
बजेट अभावले रङ्गशाला निर्माणमा ढिलाइ

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर– ६, अमरपुरको बुल्मचौरमा निर्माणाधीन रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । नेपालको प्रथम सहिद लखन थापाको नामबाट यहाँ निर्माणाधीन ‘सहिद लखन थापा अन्तर्राष्ट्रिय खेलमैदान’ विशेषगरी बजेट अभावका कारण निर्माण कार्यमा ढिलाइ भएको पाइएको हो।

आर्थिक वर्ष २०७५-०७६ मा अमरपुरको बुल्मचौरमा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला निर्माणको काम सुरु भए तापनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन्। सुरुमा राष्ट्रिय खेलकुद परिषद्को करिब तीन करोड रुपियाँ लागतमा माटो काट्ने, पर्खाल लगाउने, दूबाे रोप्ने लगायतको काम भएको थियो । सो कार्यका लागि सुनकोशी अभियान जेभी काठमाडौंसँग सम्झौता भएको हो।

२०७६ सालपछि यहाँ २५ लाख र ५० लाख गरी कुल ७५ लाख रुपियाँको काम भएको इन्जिनियर माधव देवकोटाले जानकारी दिनुभयो। अहिले बजेट अभावका कारण रङ्गशालाको कुनै पनि काम हुन नसकेको उहाँले बताउनुभयो। काम हुँदासम्म निकै राम्रो देखिएको थियो। अहिले त्यहाँको अवस्था भत्किएर अस्तब्यस्त छ। राष्ट्रिय खेलकुद परिषद्संग खेलमैदान गाउँपालिकाको स्वामित्वमा गराउने प्रयास असफल भएको इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो।

पालिकाको स्वामित्वमा काम गर्छौ भनेको माथिबाट स्वीकृत नभएको भन्दै उहाँले पालिकाले काम गर्न पनि प्रक्रियागत झन्झटले नभएको बताउनुभयो। करिब एक अर्ब रुपियाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी १०५ मिटर लम्बाइ र ६८ मिटर चौडाइ रहेको रङ्गशालाको कभर्डहल र स्विमिङ पुलसहितको डिपिआर तयार गरिएको थियो।

तपाईंको प्रतिक्रिया

प्रतिक्रियाहरू

यस समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पहिलो प्रतिक्रिया दिनुहोस्!