Nirman Khabar
Header Banner

हुल्म–मान्म सडक धमाधम कालोपत्र गरिँदै

रासस
रासस | शनिबार, १९ पुस २०८२
समाचार सेयर गर्नुहोस्
हुल्म–मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म (कालीकोट), कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।

सडक चौडा गर्ने, घुम्ती फराकिलो पार्ने र वर्षा यामको पानी व्यवस्थित ढङ्गले निकासको प्रबन्धका साथ सडक कालोपत्र भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार यादवले बताउनुभयो ।

हुल्मदेखि अस्पतालसम्मको चार किलोमिटर र अस्पतालदेखि मान्म ‘जिरो पइन्ट’सम्मकोे साढे एक किलोमिटर कालोपत्र प्रायः पूरा भएको उहाँले जानकारी दिनुभयो । सडक स्तरोन्नतिका निम्ति रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो ।

तपाईंको प्रतिक्रिया

प्रतिक्रियाहरू

यस समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पहिलो प्रतिक्रिया दिनुहोस्!