निर्वाचन आयोगले नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)को २६औँ साधारणसभा तथा १३औँ अधिवेशन रोकिदिएको छ।
फागुन २१ मा हुने चुनावको आचारसंहिताका कारण १५ गतेदेखि १७ गतेसम्म प्रस्तावित कार्यक्रम आयोगले रोकिदिएको हो।
‘आयोगको माघ ४ गतेको निर्णयअनुसार सोही दिन राति १२ बजेदेखि आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेको हुँदा आचारसंहिता लागू हुने अवधिभर साधारणसभा गर्न नमिल्ने हुँदा सोही बमोजिम कार्यक्रम स्थगित गर्न निर्णयअनुसार अनुरोध छ’, आयोगले शुक्रबार महासंघलाई काटेको पत्रमा उल्लेख छ।
समाचार स्रोत : नेपाल खबर